पेस्तोलसहित एक युवक ठमेलबाट पक्राउ


 
८ वैशाख, काठमाडौं । ठमेल क्षेत्रबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडाा घर भई निजगढ बस्ने २० वर्षीय पुकार शिकारी छन् ।

इन्स्पेक्टर बसन्त आचार्यको नेतृत्वको टोलीले उनलाई ज्याठाबाट पक्राउ परेको हो । उनको साथबाट मेड इन यूएसए लेखिएको ७.९९ एमएम पेस्तोल र म्यागजिनमा लोड गरेको पाँच राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

२०७५ वैशाख ८ गते २०:०२ मा प्रकाशित 

Comments

Popular posts from this blog

यी हुन् डण्डिफोर निको पार्ने ८ उपाय