Posts
यी हुन् डण्डिफोर निको पार्ने ८ उपाय
- Get link
- X
- Other Apps
नेपाली हेल्थ – छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ । डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् । १. बरफ : बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन ...
धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि फाइदा भन्दा बेफाइदा
- Get link
- X
- Other Apps
गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ । गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । यसका बेफाइदाहरु के – के रहेछन् : १. धेरै चिसो पानी पिउनाले रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । यसले खानेकुरा राम्रोसंग पच्दैन र आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन । २. फ्रिजमा राखेको चिसो पानी तथा बरफहरुको सेवन गर्नाले मुटुको धड्कनमा असर पार्छ यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । ३. धेरै चिसो पानी पिउनाले शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ जसले खानेकुरामा भएका पोषक तत्व शरीरले सबै प्राप्त गर्न सक्दैन । ४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।
खाली पेटमा लसुन खानु फइदै फाइदा
- Get link
- X
- Other Apps
१. काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ । २. उच्चरक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । ३. शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ । ४. शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्नुका साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । जसले पेटलाई सफा राख्न मद्दत गर्छ र पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।
चिसो पानीले नुहाउँदा हुन्छन् यी ६फाइदा
- Get link
- X
- Other Apps
गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ । यसका अलावा चिसो पानीले नुहाउँदा हुने फाइदाहरु यसप्रकार छन् । १. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ । २. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ । ३. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ । ४. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । ५. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ । ६. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।