फेरी काठमाण्डौं उपत्यकामा अर्को बम बिफोटन
ललितपुर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ ।
आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो ।
प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ ।
लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे ।
उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । यस बम बिस्फोटको पछाडी कस्को हात छ र कस्ले बम बष्फोट गराएका हुन खुल्न सकेको छैन ।
बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको लगाएतका घरका विभिन्न क्षेत्र क्षतिग्रष्त भएको छ ।

Comments
Post a Comment