गोंगबुमा खाजा घरको आडमा यौन क्रियाकलाप सँञ्चालन गर्ने ३४ पक्राउँ
९ वैशाख, काठमाडौं । महानगरीय प्रहरीद्धारा गोंगबुमा यौन क्रियाकलाप सञ्चालन गर्न ३४ पक्राउ परेका छन् ।
प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जस मध्य १५ महिला र १९ पुरुष रहेका छन् ।
प्रताप पौडेल (प्रभागका प्रमुख) वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दुर्व्यसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताए । उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए र क्षेत्रमा यस्ता गतिविधि चलाउन नदिने कुरा वताए ।

Comments
Post a Comment