पाँच महिना भित्र अाउने यस्तो शिक्षा नियम
१० वैशाख, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित गुहृयेश्वरी माध्यामिक विद्यालयले सोमबार बृहत शैक्षिक जागरण अभियान सम्पन्न भएको छ ।त्यस अभियानमा पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् । आफ्ना छोराछोरीहरुलाई त्यो ऐनमा विद्यालय नपठाउनेहरुमाथि कार्वाही हुने व्यवस्था राखिने पोखरेलले बताएका छन् ।
पोखरेलले बालबालिकाहरुलाई विद्यालय पठाए, नपठाएको अनुगमन गर्ने कामको जिम्मेवारी स्थानीय तहलाई दिने गरी संसदमा छलफल गर्ने योजना रहेको पनि बताए । सरकारले यस वर्ष बाहिर रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याउने योजनाका साथ विद्यालय भर्ना अभियान शुरु गरेको छ । मन्त्री पोखरेलले विद्यालय भर्ना गराउने सरकारको अभियानमा साथ पनि सबैमा आग्रह गरे ।
स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै थप एक जना विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्न सहयोग गर्न पुनः आहृवान गरे ।यस वर्ष विद्यालय भर्नामा सहयोग गरे ती सबै विद्यार्थीहरुको जिम्मा आगामी वर्षबाट सरकार आफैले लिने उनले बताए ।

Comments
Post a Comment