ओली भन्छन् गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिटिस सरकारसँग वार्ता गर्छु
ओली भन्छन् गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिटिस सरकारसँग वार्ता गर्छु
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस
सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा
सैनिकको माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस वार्ता गर्ने बताएका छन् ।
८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि ब्रिटिस सरकारसँग ठोस वार्ता गर्ने बताएका छन् ।
आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताएका हुन् ।
गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताए । ‘पूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएका छन्’ उनले भने, ‘हाम्रा जायज कुरालाई हामीले दोहोर्याएर, तेहेर्याएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।’
गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको भन्दै उनले अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको बताए ।
Comments
Post a Comment